काठमाडौं।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। यसको असरले गण्डकी, कर्णाली र सुदूरपश्चिम लगायत पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ।
आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कायम रहने जनाइएको छ।











प्रतिक्रिया