काठमाडौँ ।
काठमाडौं महानगरपालिकाअन्तर्गत्को वडा नं ११ ले सोमबार सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेको छ ।
च्याम्पियन वडा नं ११ ले ६ जित र एक बराबरीमा खेल्दै सर्वाधिक १३ अङक बनायो । सो टोलीबाट एफएम क्षितिज भण्डारी, विजेश राजकर्णिकार, प्रवीर केसी (यु–१६) र राधिका पौडेल (महिला) ले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक वडा न २२ को ए टोली उपविजेता बन्यो । सो टोलीले सातमध्ये ५ जित, एक बराबरी र एक हारको नतिजा बेहोरेको थियो । यस टोलीबाट सिएम नवीन तण्डुकार, प्रकासचन्द्र नेपाल, यु १६ का हार्दिक पन्त र पुजा भण्डारीले खेलेका थिए ।
यस्तै वडा नं २३ ले ११ अंक जोडेपनि तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो भने वडा नं २८ चौथो स्थानमा रह्यो ।
विजेता वडा ११ ले ६० हजार, वडा २२ ए ले ४० हजार, वडा २३ ले ३० हजार र वडा २८ ले सान्त्वना पुरस्कार २० हजार रुपियाँ प्राप्त गरे ।
प्रतियोगितामा ब्यक्तिगत विधातर्फ क्षितिज पहिलो वोर्ड, प्रकाशचन्द्र दोश्रो वोर्ड र प्रवीर केसी तेस्रो बोर्ड र नेलिशा ओझाले चौथो बोर्डमा सर्वश्रेष्ठ हुँदैं जनही १९ हजार रुपियाँ प्राप्त गरेका थिए ।











प्रतिक्रिया