सामाजिक सञ्जाल टिकटकमार्फत लोकप्रियता कमाएका आयुषसिंह ठकुरी अब नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका छन्। राम नाम सत्य नामक फिल्मबाट डेब्यु पाएका उनले यसलाई आफ्नो करिअरको महत्वपूर्ण सुरुआतका रूपमा लिएका छन्।
माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको आगामी शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

नया वर्षको अवसर पारेर एकल प्रदर्शनमा आउन लागेको फिल्मप्रति निर्माण टिमले राम्रो प्रतिक्रिया आउने अपेक्षा गरेको छ। फिल्मको प्रचारप्रसारका क्रममा आयोजित मिडिया अन्तरक्रियामा आयुषले आफूलाई धेरै फिल्मको प्रस्ताव आए पनि कथावस्तु मन परेकै कारण राम नाम सत्य रोजेको दाबी गरे। ‘अफर धेरै फिल्मबाट आएका थिए, तर यो फिल्मको कथा र पात्रले मलाई आकर्षित ग¥यो’ उनले भने, ‘यो फिल्मबाट दर्शकले मलाई फरक ढंगले चिन्ने विश्वास लिएको छु।’
आयुषका अनुसार फिल्ममा उनले निर्वाह गरेको भूमिका दर्शकका लागि सरप्राइज हुने छ। ट्रेलर सार्वजनिक भएपछि आप्mनो संवाद परिवारलेसमेत नचिनेको प्रसंग उल्लेख गर्दै उनले पात्रअनुसार आफूलाई ढाल्न पर्याप्त मेहनत गरेको बताए। ‘मैले पात्रलाई आत्मसात् गर्न धेरै अभ्यास गरेको छु’ उनले भने।
टिकटकमा लाखौं फलोअर्स बनाएका आयुषका लागि डिजिटल लोकप्रियतालाई हलसम्म रूपान्तरण गर्नु चुनौतीका रूपमा देखिएको छ। उनले यसलाई अवसरका रूपमा लि“दै दर्शकबाट सकारात्मक संकेत प्राप्त भइरहेको बताए। उनका अनुसार विदेशमा रहेका नेपाली दर्शकलेसमेत नेपालमा रहेका आफन्तका लागि टिकट खरिद गर्ने र हलसम्म पठाउने इच्छा व्यक्त गरेका छन्।
फिल्म सस्पेन्स–थ्रिलर विधामा आधारित रहेको र कथावस्तुले दर्शकलाई अन्तिमसम्म बा“धेर राख्ने दाबी निर्माण पक्षको छ। आयुषले फिल्मको सिक्वेलसमेत निर्माण हुने जानकारी दि“दै पहिलो भाग हेर्न दर्शकलाई आग्रह गरेका छन्। यो फिल्मपछि पनि आफू फिल्म क्षेत्रमा नै निरन्तर सक्रिय रहने संकेत गर्दै उनले भने, ‘म अझै सिक्ने क्रममा छु, आफूलाई थप तयार बनाउन चाहन्छु। हतारमा काम गर्नेभन्दा गुणस्तरीय काममा ध्यान दिने सोचमा छु।’
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुसी कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया