एमालेकी सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित


काठमाडौँ।

नेकपा (एमाले)की सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकाे राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

त्यस अवसरमा उनले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरे।

एमाले सांसद भण्डारी, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका सबै दलहरुको सहमतीमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्। उनले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालि सकेकी छन् ।