काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संसदमा जनताको आवाज दबाइए जनता आफैं सदनमा प्रवेश गर्न सक्ने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता समेत रहेका सांसद झाले सदनको मूल उद्देश्य जनताको आवाज उठाउनु रहेको उल्लेख गरे। यदि त्यही आवाजलाई स्थान नदिइए अवस्था गम्भीर बन्न सक्ने उनको भनाइ थियो।
झाले भने, “यदि सदनमा जनताको प्रश्नको अस्तित्व रहँदैन भने जनता आफैं त्यहाँ पुग्छन्। भदौ २३ र २४ मा देखिएको अवस्था त्यसैको उदाहरण हो,त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला ।’
उनले अघिल्लो समयमा सदनलाई बालुवाटार, बूढानीलकण्ठ, बालकोट र खुमलटार केन्द्रित बनाउने प्रयास हुँदा त्यस्तो परिस्थिति सिर्जना भएको उल्लेख गरे।
साथै, उनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई सदनलाई स्वतन्त्र र प्रभावकारी बनाउन शुभकामना दिए।











प्रतिक्रिया