काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।











प्रतिक्रिया