चैत्र १५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल


मेष : विवाद, निरर्थक दौडधूप भए पनि बेलुकीपख भने कार्य सिद्धि, धन प्राप्ति हुन सक्छ ।

वृष : पैसा प्राप्ति, सफलता, मान–सम्मान होला । बेलुका भने अपच, दौडधूप नहोला भन्न सकिन्न ।

मिथुन : तपाईंका लागि दिन शुभ छ । धन लाभ, पराक्रम, प्रसन्नता, मान–सम्मान बढ्ने देखिन्छ ।

कर्कट : समय अनुकूल भएकाले उपहारादि वस्तु प्राप्ति, कार्य सफल, धन लाभ, सुख–सन्तोष होला ।

सिंह : धन हानि, स्वास्थ्य बाधा होला । बेलुकाको समयमा भने सुख–सन्तोष, कार्य सफल हुन सक्छ ।

कन्या : मिष्ठान्न भोजन, पारिवारिक सुखको सम्भावना भए पनि बेलुकीपख अस्वस्थता हुन सक्छ ।

तुला : दिन उत्तम फलदायक छ । कामकाज सफल, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुने सम्भावना छ ।

वृश्चिक : सानै प्रयासबाट प्रतिष्ठामा वृद्धि, राज्यबाट लाभ, परीक्षामा सफलता, कार्य सिद्धि हुन सक्छ ।

धनु : अस्वस्थता, नोक्सान हुन सक्छ बेलुकीपख भने सरकारी लाभ, ऐश्वर्यको सम्भावना छ ।

मकर : धन लाभ, सम्मान, समस्या समाधान होला । बेलुका भने अस्वस्थ हुने सम्भावना छ ।

कुम्भ : दिन उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय, पठनपाठनमा सफलता होला ।

मीन : समय अनुकूल भएकाले कार्य सफल, स्वस्थता, आर्थिक लाभ, सफलता हुने देखिन्छ ।