कार्की आयोग प्रतिवेदन कार्यान्वयनमा सावधानी अपनाउन नेकपाको आग्रह


काठमाडौं ।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा कुनै पनि द्वन्द्व सिर्जना हुने गतिविधि नगर्न सरकारलाई आग्रह गरेको छ।

केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा नेकपाले सरकारले चाल्ने प्रत्येक कदम विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यताअनुसार हुनुपर्ने उल्लेख गरेको छ। साथै, राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नलिन पनि चेतावनी दिएको छ।

सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ। सोही क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ।

यस विषयमा नेकपाले संयमता अपनाउन र कानुनी प्रक्रिया मिचिने कुनै कार्य नगर्न सरकारलाई आग्रह गरेको छ।