काठमाडौं ।
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमन घटनाबारे छानबिन गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार चयनमुखी भएको निष्कर्ष निकालेको छ। शनिबार सम्पन्न पार्टीको संसदीय सचेतना कार्यक्रमपछि जारी विज्ञप्तिमा कांग्रेसले एउटै घटनामा फरक–फरक ढंगले कार्यान्वयन गरिनु ‘सेलेक्टिभ’ व्यवहार भएको उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गर्ने तर अन्य पक्षमा तत्काल कार्यान्वयन र पक्राउ प्रक्रिया अघि बढाउनु असमान व्यवहार भएको कांग्रेसको आरोप छ। एउटै घटना, एउटै प्रतिवेदन र समान सिफारिस हुँदाहुँदै पनि सरकारको दृष्टिकोण विभेदपूर्ण देखिएको कांग्रेसले जनाएको छ।











प्रतिक्रिया