काठमाडौँ ।
काठमाडौँमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई स्पष्ट कानुनी प्रक्रिया बिना पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले यस्तो कदम लोकतान्त्रिक मूल्य र कानुनी राज्यको अवधारणाविपरीत भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लम्सालले कानूनको आधारबिना गरिएको पक्राउले लोकतन्त्र र मानव अधिकारमाथि प्रश्न उठाएको उल्लेख गरेका छन्। उनले राज्यसँग ओली र लेखकको कानुनी हैसियत स्पष्ट गर्न माग गरेका छन्।
यस अभिव्यक्तिपछि राजनीतिक तथा सामाजिक क्षेत्रमा व्यापक चर्चा सुरु भएको छ।












प्रतिक्रिया