एमाले सचिवालय बैठकका ४ मुख्य निर्णयहरू(सूचीसहित)


काठमाडौँ ।

काठमाडौँमा बसेको नेकपा एमालेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।

शनिबार सम्पन्न बैठकले ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहपूर्ण कदम भएको ठहर गर्दै विरोध जनाएको हो। साथै, बैठकले यस विषयमा चारवटा निर्णय पारित गर्दै आन्दोलनका कार्यक्रमसमेत तय गर्ने संकेत गरेको छ।

एमालेले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रिया पालना गर्न चेतावनी दिएको छ।

एमाले नेता महेश बस्नेतका अनुसार बैठकले गरेका निर्णयहरु :

१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।