काठमाडौं ।
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्याली निकाल्न सुरु गरेको छ। प्रहरीका अनुसार, काठमाडौंको चाबहिल चोकबाट १०० भन्दा बढी प्रदर्शनकारी सहभागी भएर विरोध प्रदर्शन सुरु भएको छ।
शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको थियो। यस घटनाप्रति पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ।











प्रतिक्रिया