“ओली पक्राउपछि एमाले सचिवालय बैठक जारी”


काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न पार्टीको सचिवालय बैठक च्यासलमा बस्यो। बैठकमा ओलीको गिरफ्तारी र त्यससँग सम्बन्धित विषयमा चर्चा भइरहेको छ।

पार्टीले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भन्दै विरोधका कार्यक्रम तय गर्न केन्द्र तथा जिल्लास्तरमा बैठकहरू गर्ने योजना बनाएको छ।

केही कार्यकर्ताले काठमाडौंमा नै विरोध प्रदर्शन सुरु गरेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसँग पनि छलफल गरिनेछ र त्यसपछि विरोधका कार्यक्रमको स्वरुप तय गरिनेछ।