काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा बदली रहनेछ। केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।











प्रतिक्रिया