काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गण्डुस्थित निवासबाट पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार आज बिहानै विशेष टोली खटिएर ओलीलाई नियन्त्रणमा लिएको हो। पक्राउको कारणबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर उच्चस्तरीय अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ।
ओलीलाई पक्राउ गरेसँगै उनको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू जम्मा हुन थालेपछि तनावको स्थिति सिर्जना भएको छ। सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस घटनाले नेपाली राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
सत्तारूढ दल तथा प्रतिपक्षी दलका नेताहरूले प्रतिक्रिया दिन थालेका छन् भने एमालेले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ। यस सम्बन्धमा गृह मन्त्रालय र नेपाल प्रहरीले औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।











प्रतिक्रिया