पूर्व गृहमन्त्री रमेश लेखक काठमाडौं प्रहरी परिसर भद्रकाली ल्याइँदै


काठमाडौं ।

काठमाडौंबाट पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। सोहीअनुसार गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायसँग निरन्तर छलफल गरेका थिए।

आयोगले जनआन्दोलन दमनसम्बन्धी घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङमाथि फौजदारी अनुसन्धान सिफारिस गरेको थियो। ओलीविरुद्ध समेत पक्राउ पुर्जी जारी भइसकेको छ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार लापरबाहीपूर्ण कार्यबाट ज्यान गएको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।