काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको छ। प्रहरीले आवश्यक कागजातसहित पुगेको बताइएको छ। निवासमा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरी सक्रिय भएको हो। मुलुकी फौजदारी संहिताका दफा १८१ र १८२ अनुसार कारबाही सिफारिस भएपछि पक्राउ प्रक्रिया अघि बढाइएको जनाइएको छ।











प्रतिक्रिया