नयाँ युगको नयाँ राइड अफर सार्वजनिक


काठमाडौँ
नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा–एप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले नयाँ वर्ष विशेष अफर “नयाँ युगको नयाँ राइड” सार्वजनिक गरेको छ ।

चैत १३ देखि देशभर रहेका आधिकारिक भेस्पा र एप्रिलिया सोरुममा लागू हुने यस अफरमार्फत ग्राहकलाई नयाँ वर्षको सुरुवात आकर्षक सुविधा र विशेष अवसरसहित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकले नगद खरिदमा ८ हजार ३ सय रुपैयाँसम्म छुट पाउनेछन् भने एक्सचेन्जमा १० हजार रुपैयाँसम्म अतिरिक्त बोनस उपलब्ध हुनेछ । साथै ४ दशमलव ९९ प्रतिशतको न्यून ब्याजदरमा किस्ता सुविधा (इएमआई) पनि प्रदान गरिएको छ, जसले स्कुटर खरिदलाई अझ सहज बनाउनेछ ।

नयाँ वर्षलाई थप उत्साहपूर्ण बनाउन अफर अवधिभर स्कुटर खरिद गर्ने ग्राहकहरूलाई ब्रान्डेड निःशुल्क एक्सेसरिज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ । त्यस्तै, अभियान अन्तर्गत साप्ताहिक लक्की ड्र पनि समावेश गरिएको छ, जसमा सहभागी ग्राहकहरूले रुपाकोट रिसोर्टमा लक्जरी गेटवे जित्ने अवसर पाउनेछन् ।

डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोका अनुसार नयाँ वर्ष नयाँ अवसर र यात्राको सुरुवात गर्ने समय भएकाले यस अभियानमार्फत ग्राहकलाई प्रिमियम स्कुटरसँगै विशेष अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।