काठमाडौँ
नेपालमा हुन्डाई, फोर्थिङ र काइयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वडा अटो शो २०२६ का अवसरमा विशेष र आकर्षक अफरहरू सार्वजनिक गरेको छ ।
चैत ११ देखि चैत १५ सम्म तालबाराही चोक, लेकसाइड पोखरामा आयोजना हुने उक्त कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस अटो प्रदर्शनी अन्तर्गत ग्राहकहरूले विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्। विशेषगरी “फोर्थिङ फ्राइडे” मा ग्राहकहरूले ७ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने व्यवस्था गरिएको छ।
प्रिमियम इलेक्ट्रिक एसयूभी “फोर्थिङ फ्राइडे” ६४.४ किलोवाट–घण्टा क्षमताको शक्तिशाली ब्याट्रीसहित उपलब्ध रहेको छ । १ सय ८५ एमएम ग्राउन्ड क्लियरेन्स र डब्लुएलटिपी अनुसार करिब ४ सय किलोमिटरसम्मको रेन्ज दिने यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा देखिएको छ । यसमा उत्कृष्ट प्रदर्शन, उच्च सुरक्षा, अत्याधुनिक प्रविधि र आधुनिक डिजाइनको समिश्रण रहेको कम्पनीको दाबी छ ।
फोर्थिङका साथै लक्ष्मी ग्रुपले हुन्डाई र काइयी ब्रान्डका गाडीहरूमा पनि आकर्षक अफरहरू उपलब्ध गराएको छ। कम्पनीले पोखरावासीलाई आफ्नो स्टलमा उपस्थित भई अटो एक्स्पोको अनुभव लिन आग्रह गरेको छ।
लक्ष्मी ग्रुपले नेपालमा नवप्रवर्तनशील, वातावरणमैत्री र भविष्यमुखी गतिशीलता समाधान उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याउँदै ग्राहकहरूको मूल्य र स्वामित्व अनुभवलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।











प्रतिक्रिया