काठमाडौं ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रेल रेस शनिबार हुने भएको छ ।
दौडमा पुरुष÷महिला गरी करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् । दौड १५ किलोमिटर दूरीको हुनेछ ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो र पाँचौं स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
दौडको उद्देश्य बारे प्रकाश पार्दै वडा ३ का अध्यक्ष आकाश धितालले भने– ‘खेलकुदको माध्यमबाट आन्तरिक पर्यटनको विकास र प्रवद्र्धन गर्नु हो । साथै यस क्षेत्रको विविधता, प्राकृतिक सुन्दरता, श्रोत साधन र सामाथ्र्याका बारे आम नागरिकमा परिचित गराउनु पनि हो ।’
बूढानीलकण्ठ मन्दिरबाट सुरु हुने दौड राष्ट्रिय निकुञ्जको गेट, घुम कत्ने, छाप भन्झ्याङ, महादेवथान, शिवपुरी, बाघद्वार, देउराली, मुलाबारी, नागी गुम्बा, पुनः राष्ट्रिय निकुञ्जको गेटहुँदै बूढानीलकण्ठ मन्दिरमै आएर टुंगिने छ ।











प्रतिक्रिया