काठमाडौं ।
त्रिभुवन आर्मी क्लबले जारी पएिम कपमा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको होे । जितको २ सय १० रनको लक्ष्य टोलीले ३४ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गरेको थियो । टोलीलाई जित दिलाउन विनोद भण्डारी, त्रितराज दास, भीम सार्कीले अर्धशतकीय पारी खेलेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनायो । गण्डकीको लागि अर्जुन कुमाल र दीपक डुम्रेले अर्धशतक बनाए । ओपनर अर्जुनले सर्वाधिक ७६ रन जोडे । यसबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।
आर्मीका बलरमा आकाश चन्द र साहब अलामले ३÷३ विकेट लिंदा कुशल मल्लले २ विकेट हासिल गरेका थिए । यो नतिजापछि आर्मीको ४ अंक भएको छ । गण्डकीको भने यो लगातार दोस्रो हार हो ।
अर्को खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ७ विकेटले नै हरायो । २ सय ६६ रनको चुनौती पुलिसले ४४.३ ओभरमा ३ विकेट गुमाउँदै पार गरेको थियो । दिनेश खरेल र शंकर रानाले पहिलो विकेटको लागि १ सय ५९ रनको साझेदारी गर्नु नै टोलीको जित संभव भएको थियो । शंकरले शतक प्रहार गरे भने दिनेशले ७० रन बनाए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो । जसमा, इशान पाण्डेले ७१ रन र पवन थापाले ७९ रन बनाए । अन्यले खासै राम्रो गर्न सकेनन् । पुलिसका बलरमा दिनेश र राशिद खानले ३÷३ विकेट लिए । यो नतिजापछि पुलिसको ३ खेलमा ४ अंक भएको छ भने बागमतीको भने ३ खेलमा २ अंक रहेको छ ।











प्रतिक्रिया