उदयपुर।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ५ मौवासी गाउँ नजिकको जंगलमा महिलाको बेवारिसे लास फेला परेकोमा सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका दिनदेखि हराएकी उदयपुरगढी ५ भोगरेनी बस्ने धन बहादुर राईको श्रीमती वर्ष ४६ की सोममाया तामाङको रहेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा निज मृतक २०८२ फागुन २१ गते आफूखुशी घरबाट हिडी हराई बेपत्ता भएको भनि खोजतलासको लागि यही चैत्र ०३ गते प्रहरी चौकी उदयपुरगढीमा फोटो सहितको हुलिया निवेदन प्राप्त भई हुलिया परिपत्र भई खोजतलास भइरहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार चैत ११ गते बिहान बजे उदयपुरगढी गा.पा. वडा नं ५ मौवासी जंगलमा सडि गलेको अवस्थामा मानिसको लाश फेला परेको भनी खबर स्थानीयबाट प्राप्त भएपश्चात अस्थायी प्रहरी पोस्ट नेपालटारबाट प्रहरी टोली खटी गएको थियो ।
सनाखत गर्ने क्रममा उक्त लाश उदयपुरगढी गा.पा.वडा नं ५ भोगरेनी बस्ने धन बहादुर राईको श्रीमती वर्ष अ ४६ की सोम माया तामाङको रहेको भनि मृतकको श्रीमान धन बहादुर राईले हेरी पहिचान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनास्थलमा खटी गएका प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया पश्चात लाश पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा पठाइएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया