सुन र चाँदीको मूल्य घट्यो, बजारमा गिरावट


काठमाडौं ।

काठमाडौंमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव स्थानीय बजारमा देखिएको महासंघले जनाएको छ।