राखेपद्वारा एन्फा नेतृत्व तीन महिनाका लागि निलम्बित


काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वलाई तीन महिनाका लागि निलम्बन गरेको छ। परिषद्को कार्यकारी समितिको बैठकले बारम्बार निर्देशन अवज्ञा गरेको भन्दै खेलकुद विकास ऐन २०७७ अनुसार यस्तो निर्णय गरेको हो।

पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फाले स्वीकृतिविना निर्वाचन प्रक्रिया अघि बढाउन खोजेपछि विवाद चुलिएको थियो। राखेपले स्पष्टिकरण माग्दा पनि सन्तोषजनक जवाफ नआएको ठहर गर्दै निलम्बन गरेको हो।

यस निर्णयसँगै नेपाली फुटबल थप संकटमा पर्ने र अन्तर्राष्ट्रिय निकाय FIFA बाट समेत कारबाहीको जोखिम बढेको छ।