काठमाडौँ
विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उच्च प्रदर्शनयुक्त स्मार्टफोन साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु गरेको छ । पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यस मोबाइलको १६ जिबी प्लस ५१२ जिबी भेरियन्टमा ग्राहकहरूले प्रि–अर्डर अवधिमा १० हजार रुपैयाँ क्यासब्याक, साओमी वाच एस ४ (४१ एमएम) विशेष छुटमा वा साओमी बड्स ५ निःशुल्कमध्ये कुनै एक अफर रोज्न सक्नेछन् ।
फोन खरिद गर्ने ग्राहकले ६ महिनाभित्र एक पटक निःशुल्क स्क्रिन फेर्ने सुविधा, १८ महिनासम्मको वारेन्टी तथा वारेन्टीपछि २४ महिनासम्म सेवा शुल्क नलाग्ने सुविधा प्राप्त गर्नेछन् । कालो, सेतो र स्टारलाइट रङमा उपलब्ध यस डिभाइसमा लाइका सहकार्यमा विकसित क्यामेरा प्रणाली, २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा, उन्नत अप्टिकल जुम तथा एचडिआर प्रविधि प्रयोग गरिएको छ ।
यसमा ६००० एमएएच ब्याट्री, ९० वाट हाइपर चार्ज तथा ५० वाट वायरलेस चार्ज सुविधा रहेको छ भने आईपी ६८ स्तरको धुलो तथा पानी प्रतिरोध, शिल्ड ग्लास ३.० र उच्च ब्राइटनेस डिस्प्लेले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिने कम्पनीले जनाएको छ। साओमी १७ अल्ट्राको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने प्रि–अर्डर अफर मार्च २५ देखि ३१ सम्म लागू हुने बताइएको छ ।











प्रतिक्रिया