काठमाडौँ
रिलायन्स फाइनान्स लिमिटेडले देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
ग्लोबल मनी विक २०२६ को अवसरमा आयोजित कार्यक्रममार्फत ग्राहकहरूलाई सचेतना जगाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा युवापुस्तामा वित्तीय अनुशासन, म्युचुअल पेमेन्ट तथा स्मार्ट मनी म्यानेजमेन्ट लगायत विविध आर्थिक तथा वित्तीय विषयहरूमा जानकारी प्रदान गरिएको फाइनान्सले जनाएको छ ।
उक्त कार्यक्रममा शाखाका कर्मचारीहरू, ग्राहकहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै, वित्तीय साक्षरताका कार्यक्रमसँगै फाइनान्सले नेपाल राष्ट्र बैंक तथा देशका विभिन्न स्थानहरूमा बैंकर्स क्लबहरूले आयोजना गरेका सचेतनामूलक ¥यालीहरूमा पनि सक्रिय सहभागिता जनाएको नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्यले जानकारी दिनुभयो ।
देशभर २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न कार्यक्रममार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ । साथै, विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै ग्राहकहरूलाई थप सेवा प्रदान गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया