काठमाडौँ
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरी मनाएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीलगायतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय तथा प्रादेशिक कार्यालयमा मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। साथै, काठमाडौं शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूका लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार–विहारमार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २२,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।











प्रतिक्रिया