नवलपरासी।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले ठूलाे मात्रामा लागू ओैषधसहित ३ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका युवाहरूमा जिल्ला नवलपरासी सरावल ४ बडसारेका २६ वर्षीय सुनिल कुमार यादव,सोही ठाउँका ३५ वर्षीय जितेन्द्र जैसवाल र रामग्राम १७ देवगाउ निवासी ४९ वर्षका लक्की चन्द केवट रहेका छन् ।
यादव र जैसवाललाई लागू ओैषद नियन्त्रण ब्युरो भैरहवा र अस्थायी प्रहरी बिट भुमहीकाे टाेलीले विशेष सूचनाका आधारमा साेमबार सुनवल १२ हरकट्टाबाट नियन्त्रणमा लिएको हाे ।
प्रहरीले उनीहरूकाे साथ बाट युपी ५६ एएक्स ८१०६ नम्बर माेटरसाईकल सहित बुप्रेनाेफेन १ हजार ७ थान,डाइजाेपाम ९ सय १० थान र फेनारगन ७ सय ३३ थान लागू ओैषद बरामद भएकाे जनाएको छ ।
प्रहरीका अनुसार यादव र जैसवालले दिएकाे सूचनाका आधारमा जिप्रका परासीबाट समेत परिचालन भएकाे प्रहरी टाेलीले देवगाउँका केवट सहित उनकाे घर काेठाबाट थप बुप्रेनाेफेन ३ सय ३९ थान,डाइजाेपाम ६ सय ३४ थान र फेनारगन ७ सय ८ थान लागू ओैषध बरामद हाे ।
नियन्त्रणमा लिइएका ३ नै जना युवकलाई प्रहरीले सम्मानित जिल्ला अदालतबाट लागू ओैषध सम्बन्धि कसुरमा म्याद थप गरि हिरासतमा राखेर अनुसन्धानकाे काम अघि बढाएकाे सूचना अधिकारी प्रनाउ बीरदत्त पन्तले बताए ।











प्रतिक्रिया