काठमाडौँ
माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शिक्षामूलक कार्यक्रम सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममार्फत वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकासमा टेवा पु¥याउने लक्ष्य राखिएको थियो ।
ग्लोबल मनी विक अन्तर्राष्ट्रिय स्तरमा बालबालिका तथा युवामा आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि हरेक वर्ष मनाइँदै आएको विश्वव्यापी अभियान हो । यस वर्ष कार्यक्रमको चौधौँ श्रृङ्खला मार्च १६ देखि २२, २०२६ (२०८२ चैत्र २ देखि ८) सम्म “बचत, योजना तथा लक्ष्य” भन्ने नाराका साथ मनाइएको थियो ।
यस अवसरमा क्यापिटलले मिति २०८२ चैत्र ०३ गते वितारा बालग्राम, कलंकी, काठमाडौंमा, मिति २०८२ चैत्र ०६ गते श्री जनता माध्यमिक विद्यालय, हरैचा, मोरङमा र मिति २०८२ चैत्र ०८ गते बोडे माध्यमिक विद्यालय, बोडे, भक्तपुरमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक तथा विद्यालय प्रशासनका कर्मचारीहरूका बीच वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरेको छ ।
यस्ता कार्यक्रमहरू मार्फत युवाहरूलाई सानो उमेरदेखि नै आर्थिक रूपमा सचेत बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन तथा समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास क्यापिटलले लिएको छ। माछापुच्छ्रे क्यापिटलले यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ र आगबामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। सार्वजनिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रूपमा यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर दर्ता, निक्षेप सदस्य तथा सामूहिक लगानी कोष सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया