काठमाडौँमा सुन घट्यो, चाँदी बढ्यो


काठमाडौँ ।

काठमाडौँमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ तोकिएको छ।

यता, चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँ थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय ६३ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा दैनिक मूल्य निर्धारण हुँदै आएको महासंघले जनाएको छ।