संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। यही चैत १२ गते दिनको ४ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको हो।

बैठकमा संसदीय दलको नेता चयन सम्बन्धमा छलफल गरिने प्रवक्ता मनीष झाले बताए। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ।