ललितपुर।
गृह मन्त्रालयले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा समितिका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरेको छ ।
सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी,सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानको गरी सुरक्षा समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले उनीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंड्डेलले जानकारी दिए।
प्रशंसापत्रमा निर्वाचनको क्रममा सुरक्षा व्यवस्था सुदृढ बनाउँदै शान्ति सुव्यवस्था कायम राख्न पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई तथा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होबिन्द्र बोगटीको पनि उपस्थिति रहेको थियो।











प्रतिक्रिया