काठमाडौँ।
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।
आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला चार हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी सोमबार प्रतितोला चार हजार चार सय २५ कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार तीन सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।











प्रतिक्रिया