मेष : दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, कार्य सफल, धन लाभ, सुख–सन्तोष होला ।
वृष : मिष्ठान्न भोजन, शुभ समाचार प्राप्त होला तर बिहान चोटपटकको भय हुनेछ ।
मिथुन : बिहान केही प्राप्ति तर त्यसपछि रोगव्याधिको भय, नोक्सानी नहोला भन्न सकिन्न ।
कर्कट : सानै प्रयासमा कार्य सिद्धि, स्वस्थता, विशेष व्यक्तिसँग भेटघाटले सुख–सन्तोष होला ।
सिंह : प्रयास गर्नुस् । राज्यबाट लाभ, राजनीतिक सफलता, गरेका काम सफल हुने देखिन्छ ।
कन्या : बिहान रोगको भय, नोक्सानी तर त्यसपछि भने राज्यबाट फाइदा, मान वृद्धि होला ।
तुला : बिहानको समय सफलता प्राप्ति तर त्यसपछि भने शारीरिक कष्ट, हानि हुन सक्छ ।
वृश्चिक : दिन शुभ फलदायक छ । द्रव्य लाभ, विजय, विपरीतलिंगीबाट लाभ, हर्षविभोर होला ।
धनु : कर्म गर्नुस् । कार्य सिद्धि, काममा जोश–जाँगर, द्रव्य लाभ, सुख–शान्ति मिल्नेछ ।
मकर : बिहान पेटमा समस्या आउन सक्छ तर त्यसपछि भने आराम र गरेको काम सफल होला ।
कुम्भ : बिहान लाभ, सम्मान हुने देखिन्छ भने त्यसपछि व्यर्थमा दोडधुप, तनाव हुन सक्छ ।
मीन : दिन अनुकूल छ । धन लाभ, रोमान्टिक जमघट, उन्नति–प्रगति, मान–सम्मान होला ।











प्रतिक्रिया