दोलखामा भूतपूर्व सैनिक सम्मेलनको तयारी

1.6k
Shares

दोलखा।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा चरिकोट स्थित गरुण दल गणमा भूतपूर्व सैनिक सम्मेलन– २०८२ आयोजना हुने भएको छ । दोलखा जिल्लामा बसोवास गरी सोही क्षेत्रका बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा आश्रित व्यक्तिहरूलाई सम्मेलनमा सहभागी हुन आह्वान गरिएको छ ।

२०८३ बैशाख ४ गते आयोजना हुने सम्मेलनमा सहभागिताको लागि चैत्र १ गतेदेखि २०८३ बैशाख १ गतेसम्म नाम दर्ता गर्न भूतपूर्व सैनिकहरुलाई सूचना गरिएको गरुण दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

सम्मेलनमा सहभागि हुन इच्छुक भूतपूर्व सैनिकहरु ले अनलाइन मार्फत पनि नाम दर्ता गर्न सकिने सुविधा उपलब्ध गराइएको गरुण दल गणले जनाएको छ । इच्छुक सहभागीहरूले नेपाली सेना कल्याणकारी बोर्डको आधिकारिक वेबसाइट जततउकस्ररलबधद।लभउबबिचmथ।mष्।िलउर मार्फत लगइन गरी प्रवेश पासका लागि फाराम भर्न सकिने गणपति कटुवालले बताए ।

दर्ताका लागि सक्कल पेन्सन पट्टा, नेपाली नागरिकता, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको गरुण दल गणले जनाएको छ । विशेष रोगका कारण सहायक आवश्यक परेमा सम्बन्धित अस्पताल वा स्थानीय तहबाट प्रमाणित कागजात पेश गर्नुपर्नेछ । ह्वीलचेयर, एल्बो क्रच, ब्लाइन्ड स्टिक वा बैसाखी प्रयोग गर्ने व्यक्तिका लागि समेत प्रमाणित कागजात आवश्यक पर्ने जनाईएको छ । राष्ट्रिय परिचयपत्र भएमा सोसमेत समावेश गर्न सकिने जनाइएको छ ।
सम्मेलनमा सहभागी भूतपूर्व सैनिक तथा आश्रितहरूका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराइनेछ । सहभागीलाई दैनिक तथा भ्रमण भत्ता प्रदान गरिनुका साथै फटिग क्याप, सल, मण्डी र झोला वितरण गरिने गरुण दल गणले जनाएको छ । यस्तै, असक्त आश्रितहरूलाई ह्वीलचेयर वितरण गरिने र उत्कृष्ट लघुवित्त व्यवसायीहरूलाई पुरस्कार प्रदान गरिने कार्यक्रम तय गरिएको जनाइएको छ । ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई समेत सम्मान गरिने गरुण दल गणले जनाएको छ ।