गगन थापाकाे राजीनामा अस्वीकृत गर्ने कांग्रेसकाे निर्णय


काठमाडौँ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए । सो राजीनामाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफल गरिएको थियो ।

आज बसेको बैठकले अन्ततः सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्र जितेको थियो ।