काठमाडौँ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२६ (स्मार्ट मनी ट्याक्स) को अवसरमा नेपालका विभिन्न प्रदेशहरूमा ¥याली आयोजना गर्नुका साथै विद्यार्थी, साना तथा मझौला व्यापारी र आमा समूहहरूका लागि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य सहभागीमा बचत, लगानी, बजेट व्यवस्थापन तथा जिम्मेवार वित्तीय व्यवहारसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको छ । कार्यक्रममा वित्तीय योजना, डिजिटल बैंकिङको प्रयोग तथा भविष्यका लागि आर्थिक रूपमा सुदृढ बन्न आवश्यक सीप बारे जानकारी प्रदान गरिएको थियो ।
संस्थाका प्रतिनिधिले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्दै युवापुस्तालाई प्रारम्भिक चरणदेखि नै वित्तीय अनुशासन अपनाउन आग्रह गरेका छन् । सहभागीले कार्यक्रमबाट प्राप्त ज्ञानले दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।











प्रतिक्रिया