टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प सुरु, पुराना गाडीसँग नयाँ साट्न सकिने


काठमाडौँ
नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले शुक्रबारदेखि स्प्रिङ एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गरेको छ । ६ चैतदेखि ८ चैतसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग नयाँ साट्न सकिने कम्पनीले जनाएको छ ।

पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ ईभी र आईसीई इन्जिन गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ । यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडी साट्न सकिने कम्पनीले जनाएको छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरूमा आयोजना हुन लागेको हो ।

स्प्रिङ एक्सचेन्ज क्याम्प योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स जडान सहित हरेक बुकिङ्गमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बम्पर लक्की ड्रमा आईफोन १७ प्रो पनि जित्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै, यस अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्ने कम्पनीले जनाएको छ ।