काठमाडौ ।
काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा शुक्रवार साँझ बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ।
मृतक भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह हुन्।
कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिएको थियो। उनीहरू गम्भीर घाइते भएका थिए र उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए।
बस चालक ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीले घटनाबारे अनुसन्धान जारी राखेको छ।











प्रतिक्रिया