काठमाडौं ।
वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडक विभाग र स्थानीय तहको सक्रियतामा क्षतिग्रस्त सडक मर्मत गरी यातायात सुचारु गरिएको हो।
काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार बाढीले विभिन्न स्थानका अस्थायी डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा ठप्प भएको थियो। हाल सडक खुले पनि थप वर्षाको सम्भावना रहेकाले यात्रुहरूले सावधानी अपनाउनुपर्ने प्रहरीको आग्रह छ।











प्रतिक्रिया