काठमाडौँ ।
उज्यालो नेपाल पार्टीले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा ९ सदस्यीय सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्मको बैठकले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा उम्मेदवार चयन गरेको हो।
सचिवालयमा अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती, महासचिवमा धर्म बहादुर चौधरी, सचिवमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का तथा कोषाध्यक्षमा भगवती कक्षपतिलाई नियुक्त गरिएको छ।
यसबाहेक प्रवक्ता श्री गुरुङ, सचिवालय सदस्य राजेन्द्र अवस्थी र मुख्यसचिव राजु थापा पनि सचिवालयमा छन्।
पार्टीको विधान अनुसार एकजना उपाध्यक्ष, दुईजना उपमहासचिव र तीनजना सचिव पद हाल रिक्त छन्।
साथै, अभियानमा सक्रिय रहेका केही संस्थापक केन्द्रीय सदस्यहरू सचिवालयमा समावेश हुन सकेका छैनन ।











प्रतिक्रिया