काठमाडौँ ।
काठमाडौँमा शुक्रबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको सभापतित्व उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी सभापति गगन थापाको राजीनामा मुख्य एजेन्डा रहनेछ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले पदबाट राजीनामा दिएकाले विधानअनुसार उपसभापति शर्माले बैठक सञ्चालन गर्नेछन्। थापाले दिएको राजीनामा औपचारिक रूपमा दर्ता नभए पनि बैठकमा प्रस्तावका रूपमा पेस गरिनेछ।
बैठकमा सभापतिको राजीनामाबारे छलफलसँगै प्रतिनिधिसभा निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरिने सहमहामन्त्री उदय शमशेर राणाले जानकारी दिएका छन्।











प्रतिक्रिया