काठमाडौँ ।
काठमाडौँको माइतीघर मण्डलामा शुक्रबार १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ।
ब्रदरहुड नेपालद्वारा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा सजाय दिनुका साथै यस्ता जघन्य अपराध दोहोरिन नदिन प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन्।
प्रदर्शनकारीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।











प्रतिक्रिया