महाधिवेशनबाहेक दुई एजेन्डामा केन्द्रित कांग्रेस बैठक


काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिबारे छलफल नहुने भएको छ। सहमहामन्त्री उदय शमशेर राणाले शुक्रबारदेखि सुरु हुने बैठकमा महाधिवेशनभन्दा अन्य विषय प्राथमिकतामा रहेको जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा पार्टी सभापतिको राजीनामाबारे छलफल तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय गरिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेपछि कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो।

पार्टीभित्र यस बैठकबाट महाधिवेशनको कार्यतालिका आउने चर्चा भए पनि उक्त विषयमा अहिले छलफल नहुने स्पष्ट पारिएको छ।