काठमाडौँ ।
काठमाडौँमा शुक्रबार सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेर २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार यो मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि घट्दै प्रतितोला १ सय १५ रुपैयाँले कमी भई ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।











प्रतिक्रिया