भुवनलाई एक स्ट्रोकको अग्रता


काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी शीर्ष स्थानमा रहेका छन् । उनले समग्रमा ३ अन्डर १३५ को स्कोरमा शुक्रबहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन् ।

यस्तै, जयराम श्रेष्ठ समग्रमा १ ओभर १३९ स्कोरसहित तेस्रो स्थानमा झरेका छन् । समग्रमा २ ओभर १४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए । पहिलो दिनका संयुक्त शीर्ष स्थानमा रहेका भुबहादुर गुरुङ पाँचौं स्थानमा तल झरे ।

यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।