आजदेखि चैते दशैं नवरात्र शुरू


काठमाडौं ।

काठमाडौंमा बिहीबारदेखि चैते दशैंअन्तर्गत चैत नवरात्र सुरु भएको छ। शुभ साइतमा हनुमानढोका दरबारमा घटस्थापना गरी नवदुर्गा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। यस अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको उल्लेखनीय भीड लागेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ७:५१ बजे घटस्थापनाको उत्तम साइत रहेको थियो। यस वर्ष चैते दशैंको मुख्य दिन चैत १२ गते परेको छ। शास्त्रीय मान्यताअनुसार वर्षमा चार नवरात्र पर्ने भए पनि असार र पुसका नवरात्रलाई लुप्त नवरात्रका रूपमा लिने गरिन्छ।