रौतहट ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा भइरहेको बालुवा उत्खननका क्रममा सशस्त्र प्रहरीले ८ वटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब ७:२० बजे विशेष सूचनाका आधारमा सन्तपुरस्थित सशस्त्र प्रहरी टोलीले चाँदी खोलामा छापा मारेको थियो।
खोलाभित्र बालुवा लोड गरिरहेका तथा केही खाली ट्र्याक्टरहरू फेला परेपछि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका ट्र्याक्टर र चालकहरूलाई आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।











प्रतिक्रिया