गोदावरीमा दम्पतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु


धनगढी ।

कैलालीको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा एक दम्पतीमाथि अज्ञात व्यक्तिबाट गोली प्रहार भएको छ।

घटनामा २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ भने ३१ वर्षीय रामबहादुर मगर गम्भीर घाइते भएका छन्।

दम्पती जंगलमा बाख्रा चराउन गएका बेला आक्रमण भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।