काठमाडौं ।
नेपाल र जर्मनी बीच सन् १९५८ देखि स्थापित कूटनीतिक सम्बन्ध बलियो रहे पनि द्विपक्षीय व्यापार तथा आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको औंल्याइएको छ ।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जर्मन बिजनेस स्कूलका ३० सदस्यीय प्रतिनिधिमण्डलले नेपालको आर्थिक अवस्थाबारे जानकारी लिँदै ज्ञान आदान–प्रदान र सहकार्यका नयाँ अवसर खोज्ने प्रयास गरेको छ।
कार्यक्रममा व्यावसायिक सीप, शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई संयोजन गरी दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियो।
कार्यक्रमले नेपाल–जर्मनीबीच व्यापार, लगानी र ज्ञान आदान–प्रदानका क्षेत्रहरूमा अझै धेरै सम्भावना रहेको र त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्न दुवै पक्षबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।











प्रतिक्रिया